२९ असार २०७७ सोमबार
राजनीति

पूर्वमन्त्री धमलाको सरकारलाई चुनौती, निर्मलाका हत्यारा पत्ता लगाउने जिम्मा हामीलाई देउ

काठमाडौं- पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेता कल्पना धमलाले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु सरकारको नालायकी भएको बताएकी छन्।

'निर्मलाका निम्ति न्याय' अभियान अन्तर्गत काठमाडौंमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै धमलाले आफुहरुलाई जिम्म दिएका घटनाका दोषी पत्ता लगाइदिने भन्दै सरकारलाई चुनौति दिइन। सरकारले अनेक छानविन आयोगको नाममा दोषि पत्ता लगाउने काम लम्व्याइरहेक आरोप लगाइन्।

'दोषि खोज्ने अनेक तरिका छन्', उनले भनिन्, 'तर सरकार किन, ढिलाई गर्दैछ।' महिला सांसदहरु प्रति समेत उनले प्रश्न गरिन्, '३३ प्रतिशतको सुविधा लिने तर महिलाका पक्षमा नबोल्ने ?' गृहमन्त्री रामबहादुर थापाले पुँजीवादका कारण बलात्कार बढेको अभिव्यक्ति प्रति समेत उनले आपत्ति जनाइन्।

घटनाको प्रमाण नष्ट गर्नेहरुलाई कठघरामा उभ्याउनु समेत उनले माग गरिन्।

प्रकाशित: २० आश्विन २०७५ १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App