१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्मलाका हत्यारा पक्राउको माग गर्दै सिंहदरबार गेट अवरुद्ध

काठमाडौ–कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे २ महिनासम्म पनि हत्यारा पक्रन नसकेको भन्दै युवाहरुले प्रमूख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि धर्ना तथा प्रदर्शन गरेका छन्। 

निशेधित क्षेत्रमै भएको उत्त प्रदर्शनका कारण केहिबेर सिहदरबार आवागमन नै अवरुद्ध भएको थियोे। निमर्लाका लागि न्याय माग्दै गरिएको उक्त प्रदर्शनमा अपराधी पत्तालगाउन सरकार असफल भएको भन्दै गृहमन्त्रीको राजिनामा समेत मागिएको थियो। केहीबेर घर्नासमेत बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरी हटाएको थियो।  

प्रकाशित: १८ आश्विन २०७५ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App