१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘संविधानले परिकल्पना गरेको संघीयतामा मुलुक प्रवेशै गरेको छैन्’

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले परिकल्पना गरेको पूर्ण संघीयतामा मुलुक प्रवेशै गर्न नसकेको बताएका छन्। नेपाल राष्ट्र बैंकले बुटवलमा गरेको संघीय संरचनामा आर्थिक गतिविधी अध्ययन बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै मुख्यमन्त्री पोखरेलले बित्तीय र प्रशासनिक व्यवस्थालाइ पूर्ण रुपमा संघीय संरचनामा नलैजादा सम्म संघीयता कार्यान्वयन हुन नसक्ने बताए। राजनीतिक संघीयता कार्यान्वयनमा गएपनि वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनको चरणमा प्रवेश नगरेको मुख्यमन्त्रीको भनाई छ।

संघीयताको पूर्ण कार्यान्वयनका लागि संघीय कानुनमार्फत संवैधानिक वित्त आयोग गठन गरी तीन तहका सरकारबीच प्राकृतिक स्रोत साधन बाँडफाँड तथा सांगठिन संरचना र कर्मचारी पुनर्संरचनाको बिषय टुंग्याउनुपर्नेमा उनले जोड दिए।

वित्तीय संघीयतासंग जोडिएको वित्त आयोग प्रशासनिक संरचनाका रुपमा अर्थ मन्त्रायलय अन्तर्गत गठन भएपनि संवैधानिक रुपमा गठन हुन नसकेको उनले बताए। ‘जबसम्म संवैधानिक रुपमा आयोग गठन हुँदैन तबसम्म संघीयताको मर्म अनुरुप बित्त तथा स्रोत व्यवस्थापनको प्रक्रिया अगाडि बढ्दैन’, मुख्यमन्त्री पोखरेलले भने। 

अहिलेसम्म प्रशासनिक तथा सांगठनिक संरचना एकात्मक र केन्द्रीकृत राज्य प्रणालीमै आधारित भएको भन्दै मुख्यमन्त्री पोखरेलले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनका लागि कर्मचारी समायोजन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखे। 

प्रकाशित: १४ आश्विन २०७५ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App