८ वैशाख २०८१ शनिबार
राजनीति

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

काठमाडौं– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। 

कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ। 

नागरिकता जस्तो संवेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै विज्ञप्तिमा अनाकृत रुपमा लिइएका सबै नागरिकता खारेज गर्न भनिएको छ। 

दशैंतिहारको मुखमा मूल्य वृद्धि, सिण्डिकेटसँग झुकेर सरकारले जनताको ढाँड सेक्ने काम गरेको नेकपाको आरोप छ। 
नेकपाले विप्लवका सबै कार्यकर्ताको रिहाई र पृथकतावादी अभियन्ता सीके राउत समूहलाई नियन्त्रण गर्न समेत माग गरेको छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App