१५ चैत्र २०८० बिहीबार
राजनीति

अब कर्मी मौरी बनौः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, प्रतिपक्षलगायत सबैको सहकार्य आवश्यक रहेको औल्याएका छन्।   

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा ओलीले नेता कार्यकर्तालार्इ कर्मी माैरी जस्तै काममा एकताबद्द हुन अाग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘कर्मी मौरीझैँ एकजुट भएर काममा लाग्नुहोस । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन।‘

उनले कम्युनिष्ट एकताबद्ध हुँदा कोही तर्सन आवश्यक नरहेको भन्दै प्रतिपक्षीलाई सहकार्यमा आउन आग्रह गरे।
सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ संगठन तथा जनताको विश्वास र भरोसा जोगाउनु पर्ने आवश्यक रहेको जनाए। ‘राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर हुन्न,’ अाेली भने।

‘समृद्धिको स्पस्ट खाका छ यसमा सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ,’ उनले भने, ‘यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन। हाम्रा कामले जनताको विश्वासमा तलमाथि हुन दिइने छैन।’ 

अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि शाहनाले समाजवाद र समृद्धिका लागि सतिसालजस्तै साहसी भएर अघि बढेको भन्दै प्रशंसा गरेका थिए। 

समय रेखामा सहाना

 

प्रकाशित: ६ आश्विन २०७५ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App