१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। नेपाल  निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताए।

देश विकासको जिम्मा निर्माण क्षेत्र कै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो पेशालाई मर्यादित बनाउन आग्रह गरे। “तपाईहरूको काँधमा देश निर्माणको ठूलो जिम्मेवारी छ। तर तपाईहरू भित्र रहेका विसंगतिहरूको अन्त्य हुनु पनि जरुरी छ” ओलीले भने, “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने। अनि एक वर्षमा सकिने कामका लागि २० वर्ष पर्खनु पर्ने ? यस्तो थिती अब चल्दैन।”

ओलीले सबै उत्पादनसँग निर्माण क्षेत्र सम्बन्धित रहेको बताए। “किसानले उत्पादन गरेको कृषि उपज आयात निर्यात गर्नहोस् वा कुनै औद्योगीक उत्पादन आपूर्ती गर्न  निर्माण क्षेत्र कै भूमिका हुन्छ” उनले भने। निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको ओलीको भनाइ थियो।

“हालै जारी गरिएको मुलुकी संहिता अथवा अन्य कुनै विद्यमान कानुनले कही कतै अफ्ठेरो परेको छ भने त्यो संशोधन गरिन्छ” ओलीले भने, “तर त्यो सबै तपाईहरूको पक्षमा हुन्छ भन्ने हुँदैन। जनताको पक्षमा हुने गरी संशोधन गरिन्छ ।”

प्रकाशित: ४ आश्विन २०७५ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App