coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालगन्ज– कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै बाँकेका नेतृ एवम् अधिकारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। 

प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत उनीहरुले सोमबार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएका हुन्। निर्मला पन्तका हत्यारालाई चाडोभन्दा चाडो पत्ता लगाउनुपर्ने उनीहरुको माग छ। जिल्ला प्रशासन कार्यालयमा पुगेका महिला नेतृ एवम् अधिकारकर्मीले दोषीलाई छिटो पत्ता लगाएर कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए। 

सो क्रममा बोल्दै अन्तरपार्टी महिला सञ्जाल बाँकेका अध्यक्ष विजया धितालले हत्या भएको ५३ दिन बितिसक्दा पनि सरकारले वास्तविक हत्यारा पत्ता लगाउन नसकेको भन्दै दुःख ब्यक्त गरिन्। दिनहुँ महिला र बालिकामाथि बलात्कारका घटना बढिरहँदा प्रहरीले सुरक्षाको अनुभुति दिलाउन नसकेको बताइन्। प्रहरीले अन्य घटनाका दोषीलाई पनि पत्ता लगाएर कानुनी दायरामा ल्याउनुपर्ने महिला नेतृ तथा अधिकारकर्मीको माग छ। देशभर महिलामाथि भएका बलात्कारका घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुले आग्रह गरेका छन्। 

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी भुजेलले आफूले तत्कालै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाइदिने आश्वासन दिएका थिए। बाँकेमा भएका बलात्कार घटनाका दोषीलाई कारबाही गर्न आफू पछि नपर्ने उनको भनाई छ। सो क्रममा महिला नेतृ एवम् अधिकारकर्मी नारायणी रुपाखेती, अछरी पोखरेल, रेणुकुमारी खड्का, गीता राना, बिमला गौतम, रत्ना राणा, लक्ष्मी श्रेष्ठ, निलम ज्ञवाली लगायतको सहभागिता रहेको थियो। 

प्रकाशित: १ आश्विन २०७५ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App