coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रवक्ता विश्वकर्मामाथि अनुसन्धान गर्न ६ दिनको म्याद

उदयपुर - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अनुसन्धान गर्न ६ दिनको म्याद थप गरिएकाे छ। शनिवार काठमाडौंबाट पक्राउ गरी उदयपुर ल्याइएका उनलाई जिल्ला अदालत उदयपुरले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार रितबहादुर पुलामीमगरले बताए।

शनिबार दिउसो ३ बजे उदयपुर ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएका विश्वकर्मालाई आईतबार दिउँसो ४ बजे अदालतमा हाजीर गराइएको थियो। त्यसअघिनै अदालत लाने तयारी प्रहरीले गरे पनि सातादिनअघि सुनसरी र मोरङबाट पक्राउ गरी ल्याइएका नेकपाकै ४ कार्यकर्तामाथि बयान गर्ने क्रम नसकिएका कारण ४ बजे मात्रै विश्वकर्मालाई अदालतमा लगिएकाे जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।  

प्रहरीका अनुसार विश्वकर्मामाथि गत चैत २८ गते सदरमुकामको हवाईफिल्डस्थित तरकारी बजारछेउको थरुहट रंगशालामा बम बिष्फोट गराएको आरोप लागेको छ। चैत २८ गते त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट–त्रियुगा रंगशालामा बम विष्फोट हुँदा त्रिनपा १३ असारीका १४ वर्षीय पारश राई गम्भीर घाईते भएका थिए। एसपी राईले हाल विश्वकर्मामाथि यही बम विष्फोटको आरोपमा अनुसन्धान गर्ने गरी प्रक्रिया अघि बढाइएको बताए। नेकपामाथि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावताका जिल्लाका बिभिन्न ठाउँमा बम विष्फोट तथा विद्युतीय धराप विष्फोट गराएको आरोप समेत लागेको छ।

 

प्रकाशित: ३१ भाद्र २०७५ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App