१६ चैत्र २०८० शुक्रबार
राजनीति

बुद्ध, पृथ्वीनारायण र बिपी मेरा अादर्श हुन् : डा. भट्टराई

अमेरिका – पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको इतिहासमा गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइराला आफ्ना अादर्श व्यक्ति भएको बताएका छन्। अमेरिका भ्रमणका क्रममा टेक्सासमा आयोजित कार्यक्रममा बोल्दै डा. भट्टराईले आफुले नेपालका यी तीन महान व्यक्तिलाई सधै सम्झिने गरेको बताए। उनीहरुको योगदानले नै नेपाल भन्ने देश रहेको पनि उनले उल्लेख गरे।

नेपाली भूमिमा जन्मेर गौतम बुद्धले विश्वभर शान्तिको सन्देश फैलाएको, पृथ्वी नारायण शाहले सहि समयमा एकिकरण गरेर नेपाल स्थापना भएको र बिपीले लिएको मेलमिलाप नीती र समृद्ध नेपालको कल्पना अब पुरा गर्नु पर्ने बेला आएको बताए। बिपीले लिएको मेलमिलाप नीति २०६३ को आन्दोलनपछि नयाँ सविधान निर्माण प्रक्रियामा दलहरुबीच देखिएको बृहत सहमतिले सहि अर्थमा पुरा गरेको बताए। उनले अब बिपीले कल्पना गरेको समृद्ध नेपालको सपना पुरा गर्न आफ्नो अध्ययन भ्रमणले सहयोग पुग्ने दावी गरे। अन्र्तक्रियाका क्रममा पटक–पटक बिपीको नाम लिंदै डा. भट्टराईले नेपालमा बिपीपछि राजनेताको अभाव महशुस भइरहेको बताए।

उनले भारत र चीनलाई विश्वासमा लिएर नेपालले विकासमा ठुलो फड्को मार्न सक्ने बताउँदै त्यस तर्फ सरकारले अाफुलार्इ केन्द्रीत गर्नु पर्ने बताए।

डा. भट्टराई पत्नी हिसिला यमिका साथ अध्ययन भ्रमणको शिलसिलामा रसिया हुँदै, यूरोपपछि अमेरिका आई पुगेका हुन्। जनयुद्ध सुरु गरेदेखि माओवादीमा रहँदासम्म यसरी अध्ययन भ्रमणका लागि अवसर नमिलेको बताउँदै समृद्ध मुलुकको विकास बारे अध्ययन गर्ने लामो समयदेखिको इच्छा बल्ल पुरा भएको बताए। उनले यसपछि चीन, पूर्वी एसिया र जापान भ्रमणमा जाने बताए।

यस पटकको भ्रमणका क्रममा डा. भट्टराईले हार्डवर्ड, कोलम्बिया, न्यूयोर्क, बोष्टन विश्वविद्यालयका नोवेल पुरस्कार विजेतादेखि प्रसिद्ध प्रोफेसरहरुसँग भेट गर्ने योजना रहेको बताए।

सन् २००१ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अमेरिकी प्रोफेसर जे ईकिरोअफ, मानव विकास सिद्धान्तका प्रतिपादक प्रख्यात प्रोफेसर अमात्य सेन लगायत विश्व विख्यात पुस्तकका लेखक र केहि प्रख्यात प्रोफसरसँग भेटी नेपालको विकासका लागि कस्तो मोडल आवश्यक हुनसक्दछ भन्ने विषयमा गहन छलफल गरिने पनि उनले बताए।

राजनीतिक क्रान्ति सकिएकोले अब आर्थिक क्रान्ति तर्फ देश उन्मुख हुनुपर्ने भएपनि त्यो वर्तमान सरकारबाट सम्भव नभएको उनले बताए। वर्तमान सरकारको समृद्ध नेपाल बनाउने चाहन भएपनि क्षमता नभएको ६ महिने कार्यअवधिबाट पुष्टि भएको बताए।

प्रकाशित: ३१ भाद्र २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App