१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्मलालाई न्यायको लागि राजधानीमा विशाल प्रदर्शन (फोटो फिचर)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानीमा विशाल जनप्रदर्शन भएको छ। 

घटना भएको ५० दिन वितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाईमा ‘निर्मलाका निम्ति न्याय’ नारासहित माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो। 

प्रदर्शनमा सयौं नागरिक स्वतःस्फूर्त रुपमा उपस्थित भएका छन्। प्रदर्शनकारीले ‘निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? ५० दिन नाघ्यो न्याय कहाँ गयो, सरकार देखाउ इच्छा खै त महिलाको सुरक्षा ? चुप लागेर नबसौं न्याय मर्न नदिउ’ जस्ता नारा लगाएका थिए। 

आजै देशका अन्य १९ ठाउँमा पनि ‘निर्मलाका निम्ति न्याय’ नारा दिएर प्रदर्शन भइरहेको छ। साउन १० गते साथीको घर गएकी निर्मला पन्तको ११ गते बलात्कारपछि निर्मम हत्या गरिएको अवस्थामा शव उखुबारीमा फेला परेको थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App