coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहाल चीन प्रस्थान, कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार भ्रमणको प्रमुख एजेण्डा

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन्। चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताए।यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउन समेत आफूले पहल गर्ने दाहालले बताए।

चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताए। अध्यक्ष दाहालले भने, “म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्‍याइन्छ, दशैँ अगावै एकताका सबै विषय टुङ्गाे लाग्छ यसमा कुनै द्विविधा रहँदैन।”

केही दिन पहिले भारत भ्रमणमा गएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गरेकाे बताएका थिए। रासस

प्रकाशित: ३० भाद्र २०७५ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App