५ वैशाख २०८१ बुधबार
राजनीति

दुई अध्यक्षबीच अन्तरविरोध चर्काउने खेल खेलियो : प्रधानमन्त्री ओली

तस्बिरः रासस

काठमाडौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच अन्तरविरोध चर्काउन राष्ट्रिय अन्तर्राष्ट्रिय तत्व सकृय भएको बताएका छन्।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित स्व पोष्टबहादुर बोगटीको चौथाँै स्मृति दिवस कार्यक्रममा ओलीले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गर्ने बताए। ‘देशभित्र र बाहिरका शक्ति ‘के निहँु पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्’ उनले भने, ‘हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पु¥याउछौँ’।

अहिले प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेको भन्दै यसबाट सचेत हुनुपर्ने अाैल्याए। ओलीले देशमा भ्रष्टाचार निर्मूल पार्ने अभियानमा सरकार लागिपरेको दाबी पनि गरेका थिए। 

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्न सहमति गराएको बताए। दाहालले आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको बताएका थिए। 

 

प्रकाशित: ३० भाद्र २०७५ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App