१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा: गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा आइपुगेको बताएका छन्। आजको राष्ट्रिय सभा बैठकमा निर्मला पन्त बलात्कारपछि भएको हत्याको छानविनबारे जानकारी गराउँदै अनुसन्धानमा सरकार गम्भीर भएर लागिरहेको दाबी गरे। 

उनले अपराधी जो सुकै भएपनि पक्राउ गरी छाड्ने प्रतिवद्धता जनाएका थिए। ‘उच्चस्तरीय छानविन समितिसहित प्रहरीको तर्फबाट हामीले अन्य टोलीहरु पनि परिचालन गरेका छौं’, गृहमन्त्री थापाले भने, ‘दोषी चाडो नै पत्ता लाग्नेछ।’ 

कञ्चनपुर घटना छानविन उच्चस्तरीय समिति सदस्य वीरेन्द्र केसीले आफ्नो ज्यान समेत जोखिममा परेको जानकारी आफूलार्इ गराएपछि सरकारले सुरक्षाको पत्याभूत गरेको र त्यसपछि उनी समितिको जिम्मेवारीमा फर्किएको बताएका थिए। 

केसीलाई धम्की दिनेको पनि खोजी भइरहेको जानकारी उनले संसदलाई गराए। रोल्पामा तरुण दलका नेताको हत्या भएको विषयमा उठेका प्रस्नको सन्दर्भमा जानकारी दिँदै उनले अपराधी वा पीडितको राजनीतिक पृष्ठभूमि अपराधको  अनुसन्धानमा सान्दर्भिक नहुने भन्दै सो  विषयमा पनि अनुसन्धान जारी रहेको थापाको भनाई थियो।

उपप्रधानमन्त्री उपेन्द्रयादबलाई कालो झण्डा देखाउने राममनोहर यादवलगायतले विखण्डनकारी नारा लगाएकाले प्रहरीले गिरफ्तार गरेको जानकारी उनले गराए। थापाका अनुसार हिरासतमा उनको मृत्यु रोगका कारण भएको र अन्य कुनै कारण नभएको बताए।

प्रकाशित: २९ भाद्र २०७५ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App