coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाकाे साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साङ्गठनिक एकीकरण सम्बन्धि प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरण सम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको हो।

अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने श्रेष्ठले बताए। उनले भने, “अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्विकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ।” शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उनले जानकारी दिए। रासस

प्रकाशित: २८ भाद्र २०७५ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App