७ वैशाख २०८१ शुक्रबार
राजनीति

मितव्ययी हुन राष्ट्रपतिको आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकास एवं रूपान्तरण गर्नुपर्ने आवश्यकतालाई मनन गरी चाडपर्व मनाउन सबैलाई आग्रह गरेकी छिन् । हरितालिका तीजको पूवसन्ध्यामा मंगलबार शुभकामना सन्देश जारी गर्दैराष्ट्रपति भण्डारीले चाडपर्वलाई मितव्ययी बनाउन सबैलाई आह्वान गरेकी हुन्।

नेपालको सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा हरितालिका तीज रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्यारइरहेका यस्ता चाडपर्व मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ।’

बहुजाति, बहुभाषा, बहुसंस्कृति मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण तथा सम्बद्र्धन गरिरहेको उल्लेख गरिएको छ।

त्यस्तै, तीजका अवसरमा प्रधानमन्त्री केपी ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेताहरूले छुट्टछुट्टै शुभकामना सन्देश जारी गरेका छन्।

प्रकाशित: २७ भाद्र २०७५ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App