१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रेस माथिको हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

बुटवल-  नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन। बुटवलमा रहेको बुद्ध समुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

देउवाले स्वतन्त्र प्रेस तथा संचारमाथि हस्तक्षेप गर्ने सरकारी अधिकारीहरुलाई समेत नछाडने चेतावनी दिए। राजनीतिक दलको आडमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बुद्ध टेलिभिजनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरी लगानीकर्ताहरुलाई दु:ख दिएको भन्दै देउवाले सरकारी अधिकारीले प्रेस माथि हस्तक्षेपकारी भूमीका खेल्नु दुखद भएको उल्लेख गरे।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन राजनीतिक पार्टीको जत्तिकै महत्वपूर्ण भूमीका खेलेको प्रेस जगतलाई वर्तमान सरकारले अंकुस लगाउन खोजेको आरोप लगाए। सरकारले आफ्ना कमी कमजोरी जनता माझ नपुगोस भनेर प्रेस जगतलाई नियन्त्रणमा राख्न खोजेको भन्दै नेता खाँणले नेपाली काँग्रेसले सरकारको त्यस्ता गलत कदमलाई सफल हुन नदिने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारी, भरत शाह, अब्दुल रज्जाक लगायतले बोल्दै बर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुस लगाएर नागरिकका मौलिक हक कुण्ठित गर्न खोजेको बताए। कार्यक्रमा बोल्दै नेकपाका नेता तथा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले संघीयतालाई सफल बनाउँदै समृद्धिको सपना साकार बनाउन विकासका मुद्दामा सत्ता प्रतिपक्ष नभनी मिलेर अगाडि बढनु पर्ने खाँचो औल्याए।

प्रकाशित: २३ भाद्र २०७५ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App