१६ चैत्र २०८० शुक्रबार
राजनीति

सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

पोखरा- सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला गण्डकी प्रदेश राजधानी पोखरामा चलिरहेको छ। अन्तर परिषद समन्वय परिषदको बैठकको पूर्वसन्ध्यामा परिषदमा रहने सदस्यहरु पोखरामा भेला भएका हुन्। कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको अध्यक्षतामा चलिरहेको छ।

संवैधानिक व्यवस्था बमोजिम यो परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सातै प्रदेशका मुख्यमन्त्रीहरु सदस्य रहने व्यवस्था छ। सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश ७ का मुख्यमत्री त्रिलोचन भट्ट उपस्थित उपस्थित हुने जनाईएको छ। यद्यपी कार्यक्रम सुरु भईसक्दा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही भने आईसकेका छैनन्।

यो सम्मेलनले प्रदेश र केन्द्रबीच देखिएको अधिकारको द्वन्द्व तथा केन्द्र सरकारले संघीयताको मर्मविपरित केन्द्र आफैमा राखेको, प्रादेशिक अधिकार  कम भएको विषयमा छलफल गर्नेछन्।

मुख्यमन्त्रीहरुले हात समाएर एकताबद्ध जनाएका छन्। यो सम्मेलनले पोखरा घोषणापत्र समेत जारी गर्नेछ। प्रादेशिक अधिकार मध्ये विशेष गरि कर्मचारी र प्रदेश प्रहरी दिनुपर्ने विषयमा छलफल केन्द्रित हुनेछ।

प्रकाशित: २१ भाद्र २०७५ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App