६ वैशाख २०८१ बिहीबार
राजनीति

पद छाडेर जनप्रतिनिधि नै वैदेशिक रोजगारीमा

पाल्पा- रम्भा गाउँपलिका वडा नं. ४ का वडा सदस्य वैदेशिक रोजगारमा गएका छन्। स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित डेमानसिंह सारु रोजगारीका लागि बहराईन गएका हुन्।

रम्भा गाउँपालिका वडा नं. ४, हुमिनका वडा अध्यक्ष भोजबहादुर विकले वडा सदस्य सारु माघमा नै वैदेशिक रोजगारमा गएको बताए। उनी भन्छन्, ‘अब के गर्ने मलाई पनि जानकारी भएन। हामी एउटा सदस्य विहिन नै छौं। पारिवारिक समस्याका कारण विदेश गएको हुनसक्छ।’ रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले पदमा निर्वाचित भएर डेमानसिंह सारु औपचारिक जानकारी विना नै विदेश गएको बताए। अध्यक्ष भण्डारी भन्छन्, ‘उहाँ जुन दिनबाट बैठकबाट आउन छाड्नुभयो त्यसपछि सेवा सुविधा भुक्तान गरेका छैनौं। राजीनामा पनि आएको छैन । राजीनामा नआईकन चुनाव गर्न मिलेन । अब सोधपुछ गर्ने काम गर्छौं । वडा अध्यक्षलाई सोधेको केही भन्नुभएको छैन।’ 

हुमिनका स्थानीय बिष्णु बमरेल भन्छन्, जनप्रतिनिकिो सथप गरेर वडा सदस्य वैदेशिक रोजगारमा हिंडे। जिम्मेवारी वहन गर्न नसक्ने मानिस किन चुनाव लडेको । पून वडा सदस्यमा निर्वाचन गरिनुपर्छ भनेर नेपाली कांग्रेस हुमीन गाउँ समितिले ज्ञापनपत्र समेत बुझाएको छ । गाउँपालिकाले सुनुवाई नै गरेन, बमरेलले भने । सारु तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य हुन्।

प्रकाशित: २० भाद्र २०७५ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App