८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। 

लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसबारे निर्णय लिन परिषदका अध्यक्ष समेत रहेका ओलीले बुधबार दिउँसो २ बजेलाई बैठक बोलाएका हुन्।  

बैठकले कायममुकायम प्रमुख आयुक्त नविन घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने सम्भावना छ। परिषदले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गर्ने व्यवस्था छ।

प्रकाशित: २० भाद्र २०७५ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App