१६ चैत्र २०८० शुक्रबार
राजनीति

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्रीकाे रात्रिभोज

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिएका छन्। 

आजदेखि काठमाडौंमा सुरु भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका पाहुनालाई प्रधानमन्त्री ओलीले होटल ह्यात रिजेन्सीमा विहीबार साँझ रात्रिभोज दिएका हुन्। 

प्रधानमन्त्रीको रात्रिभोजमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओछा तथा सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ अधिकारी सहभागी छन्। 

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाल सरकारका मन्त्रीहरु पनि सहभागी छन्। 

प्रकाशित: १४ भाद्र २०७५ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App