१९ असार २०७७ शुक्रबार
राजनीति

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

फाइल तस्विर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले बढ्दै गएका महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न तत्काल विशेष योजना बनाउन नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन्।

विहीबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणीत कार्य रोक्न विशेष योजना बनाउन आवश्यक रहेको बताए।

बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावक देखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ। गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु समेत अपराध भएको भन्दै कहिँकतै त्यस्तो भएको भए उनिहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए। महिला हिंसा र बलात्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरता पूवर्क कारवाही अघि बढाउन समेत गृहमन्त्री थापाले  निर्देशन दिए।

अभियान सुरु गर्दै गृह
अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ । गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ। मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रीपरिषद्मा लैजानका लागि तयार पारेको छ। प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ। इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलात्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ। 

प्रकाशित: १४ भाद्र २०७५ १७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App