८ वैशाख २०८१ शनिबार
राजनीति

शेख हसिना काठमाडौंमा, उपप्रधानमन्त्री पोखरेलले गरे स्वागत

काठमाडौं – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी आज विहान काठमाडौं पुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्।

भरखरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि काठमाडौं पुगिसकेका छन्। सम्मेलनमा भाग लिन यसअघि म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक बुधबार काठमाडौं अाइसकेका छन्।

अब थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा आउन बाँकी छन्। उनी पनि केही बेरमा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

दुई दिने सम्मेलन आजबाट सोल्टी होटलमा सुरु हुँदैछ।

तस्बिर : केशव थाेकर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App