८ वैशाख २०८१ शनिबार
राजनीति

राजनीतिक परीक्षा पास नभए सत्यानाश : भुसाल

रुपन्देही– नेकपाका नेता घनश्याम भुसालले सरकारको अहिले राजनीतिक परीक्षा भइरहेको बताएका छन्। उनले राजनीतिक अस्थिरताको युग सकिएको बताउँदै संघीयताको परीक्षामा सरकार उभिएको बताए। मंगलबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले सरकारले अहिले देखिएका सबै समस्या समाधान गर्ने ठोकुवा समेत गरे। 

‘अहिले जे जस्ता समस्या देखिएका छन, यसको समाधान हुन्छ’, नेता भुसालले भने, ‘समाधान नगरे सत्यानाश हुन्छ।’ करबृद्धिका बिषयमा सरकारले टास्क फोर्स गठन गरेकाले त्यसको समाधान हुने उनको भनाई छ। केही स्थानीय तहले क्षेत्र नाघेर कर बढाएको भएपनि सबैले त्यसो नगरेको भन्दै गल्ती भएको क्षेत्रमा सुधार हुने उनले दावी गरे। समाजमा कुनै न कुनै समस्या रहने भन्दै शतप्रतिशत नभएपनि अहिले जे जस्ता बिषयमा आलोचना भइरहेको छ, त्यसको समाधान गर्नेतर्फ नेकपाको सरकार अग्रसर हुनुपर्ने उनले बताए।

प्रतिनिधिसभा सदस्य समेत रहेका उनले भैरहवा क्षेत्रमा सेज सञ्चालनमा आइसकेकाले अब धेरै आशा गर्ने ठाउँ बनेको बताउँदै बताए । भैरहवा क्षेत्रमा विद्युतको समस्या चाँडै समाधान विश्वास दिलाए।

प्रकाशित: १२ भाद्र २०७५ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App