coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सार्क सुस्ताएको छ तर बिमस्टेक विकल्प होइनः प्रधानमन्त्री ओली

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) पछिल्ला दिनमा केही सुस्ताएको देखिए पनि त्यसको विकल्पका रुपमा बिमस्टेकलाई मान्न नसकिने स्पष्ट पारेका छन्।

आज प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका विषयमा जवाफ दिँदै ओलीले सार्क वा बिमस्टेक एक अर्कालाई निषेध गर्न नआएको बताए। बैठकमा नेमकिपा का सांसद प्रेम शुवालले भारतमा बिमस्टेक स्तरीय शैन्य अभ्यास हुन लागेको र त्यो अभ्यास पाकिस्थानलाई पन्छाउने र चीनलाई देखाउने भारतको रणनीति भएको आशंका गर्दै प्रधानमन्त्री ओलीसमक्ष प्रस्न उठाएका थिए। 

जवाफका क्रममा ओलीले भने, 'सार्क अपेक्षाअनुरुप अहिले गतिशील भएन तर क्षेत्रीय बिषयलाई जान्न, सहयोग बढाउन त्यस्लाई पुनः गतिशिल बनाइनुपर्छ। नेपाल अहिले बिमस्टेक र सार्क दुबै संगठनको अध्यक्ष राष्ट्र रहेको संसदलाई स्मरण गराउँदै ओली भने, ‘सार्क सम्मेलन पाकिस्तानले गर्नुपर्ने हो। मिति पनि तोकिएको हो। तर सार्कका सदस्यका कतिपय जटिलताले समयमै सम्मेलन हुन सकिरहेका छैन तर त्यसमा हतोत्साही हुन जरुरी छैन।’

विभिन्न क्षेत्रीय तथा बहुपक्षीय संस्थासँगको आवद्धताले निकटता पारस्परिक सम्बन्ध विस्तार र आर्थिक विकासमा अग्रसर हुन सकिने भन्दै सार्क सम्मेलन पनि छिटैहोस भन्ने आफूले चाहेको उनले बताए। 

 

प्रकाशित: १२ भाद्र २०७५ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App