coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महेन्द्रनगरमा जारी कर्फ्यू हट्यो, बजारमा चहलपहल सुरु

महेन्द्रनगर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ।

प्रशासन कार्यालयले पाँच दिनदेखि लगाउँदै आएको कर्फ्यू आज विहान पाँच बजेबाट अर्को आदेश नभएसम्मका लागि हटाएको जनाएको हो।

महेन्द्रनगरमा अवस्था सामान्य बन्दै गएपछि कर्फ्यू हटाइएको प्रशासनले जनाएको छ।

कर्फ्यू हटाइएसँगै महेन्द्रनगरको जनजीवन सामान्य बन्दै गएको छ। मंगलबार विहानैदेखि महेन्द्रनगर बजारमा मानिसको चहलपल देखिएको छ। स्कुल कलेजहरु खुलेका छन् भने सवारी साधन पनि चलेका छन्। बजार खुल्ने क्रम जारी छ।

निर्मला पन्तको हत्यापछि आन्दोलन चर्किदा स्थानीय प्रशासनले सदरमुकाम वरपरको क्षेत्रमा शुक्रबारबाट कर्फ्यू  जारी गर्दै आएको थियो। भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको साउन ११ गते बलात्कारपछि हत्याको विरोधमा आन्दोलन उग्र बन्न थालेपछि कर्फ्यू लगाउन थालिएको थियो।

सोही आन्दोलनका क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा भिमदत्तनगरपालिका–१८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको आठ गते गोली लागेर मृत्यु भएको थियो।

प्रकाशित: १२ भाद्र २०७५ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App