coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'स्थानीय सरकार जनचाहना विपरीत चल्यो'

जुम्ला - नेपाली कांग्रेसले स्थानीय सरकार जनचाहना विपरीत चलेको आरोप लगाएको छ। जुम्लाको गुठीचौर गाँउपालिकामा सोमवार गरिएको खबरदारी सभामा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकारले जनताको चाहना अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै खवरदारी गरेको हो।

कांग्रेसले सभा मार्फत विकासमा पारदर्शिता र सुशासन कायम गर्न माग समेत गरेको छ। जिल्ला नेता देवेन्द्रवहादुर शाहीले स्थानीय निकायमा सिंहदरवारको अधिकार प्रत्यायोजन भईसक्दा समेत विकास निर्माणमा अपनत्व सिर्जना हुन नसकेकोमा दुख व्यक्त गरे। खबरदारी सभालाई सम्वोधन गर्दै शाहीले जनताको भावना र चाहना वमोजिमका काम अघि बढाउन आग्रह गरे। 

युवा नेता दानवहादुर बुढाले स्थानीय तहको निर्वाचन भएको झण्डै डेढ वर्ष पुगिसक्दा समेत स्थानीयले परिवर्तनको आभाष गर्न नपाएको भन्दै तत्काल सर्वपक्षिय र सर्वदलिय छलफलका माध्यमवाट योजना तर्जुमा हुनु पर्नेमा जोड दिए। उनले भने,‘ अहिलेका जनप्रतिनिधी हरेक विकासका क्रियाकलापमा कमिसन खान खोज्छन, विकासमा गुणस्तरियता र पारदर्शिता हेर्दैनन्, त्यो भन्दा बिडम्वना केहि हुन सक्दैन।

अहिले देशभर नेपाली काग्रेसले विकास निर्माण लगायतका क्रियाकलापमा भईरहेको अनियमितताको खवरदारी गर्न सभा आयोजना गर्दै आईराखेको छ। 

 

प्रकाशित: ११ भाद्र २०७५ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App