coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

घटनाका बिषयमा ध्यानाकर्षण गर्न बालुवाटार आएका कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए। ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन्। यसमा सरकार गम्भीर छ’, उनले भने, ‘यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ।’

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न आफूले निर्देशन दिएको उनले जानकारी गराए। 

आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तीको तोडफोड गर्नेलाई पनि सरकारले कानुन बमोजिम कारबाही गर्ने उनले स्पष्ट पारे। ‘बालिकाको बलात्कार गरी  हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ। यसमा सरकारले कुनै कसर बाँकी राख्दैन’, ओलीले भने। घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन उनले आग्रह गरे।

नेकपाका स्थायी समिति सदस्य भीम रावल र नेता लेखराज भट्टको नेतृत्वमा शनिबार बालुवाटार गएको टोलीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर कञ्चनपुर घटनाबारे जानकारी गराउँदै दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको थियो।

प्रकाशित: ९ भाद्र २०७५ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App