१५ चैत्र २०८० बिहीबार
राजनीति

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

काठमाडौं– नेपाली कांग्रेसले महासमिति बैठक आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। शनिवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले स्थान र मिति तय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  
पार्टी सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुरुप उक्त मितिलाई केन्द्रिय समितिले उक्त मिति तय गरेको हो। 
यस अघि भदौमा गर्ने भनिएको महासमिति बैठक तत्काल गर्नुपर्ने भन्दै केहि सदस्यले माग गरेपछि हिजोको पदाधिकारी बैठकमा सहमति जुट्न सकेको थिएन। 

पार्टीलाई संघीय संरचनाअनुरुप संगठन पुनर्संरचना गर्नका लागि विधानमा आवश्यक संसोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन भइसकेको छ। 

प्रकाशित: ९ भाद्र २०७५ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App