८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ।

प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठन, समसामयिक विषयवस्तु तथा सरकारका काम कारबाही लगायतका विषयमा बैठकमा छलफल हुने छ। यस अघि शुक्रबार बोलाइएको बैठक पौडेल समूह अनुपस्थित भएपछि स्थगित भएको थियो।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्ष नेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक आजका लागि तय भएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए।

प्रकाशित: ९ भाद्र २०७५ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App