coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन्। प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापा गएका हुन्।

उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए। प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैयाको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन्।

उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली आज अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ ।  (रासस)

 

प्रकाशित: ६ भाद्र २०७५ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App