८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले प्रदेश सभामा भने : मोदीलाई मुक्तिनाथ र जनकपुर बोलाउनुको अर्थ छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको प्रदेश सभालाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको चर्चा गरेका छन्।

ओलीले प्रधानमन्त्री ओलीलाई जनकपुर र मुक्तिनाथ बोलाउनुको विशेष महत्व भएको बताए। 'मोदी जीलाई मैले किन मुक्तिनाथ र जनकपुर बोलाए', उनले भने 'यसको विशेष अर्थ छ।'

मोदी जनकपुर र मुक्तिनाथ पुगेपछि पर्यटनको स्थितीमा फरक परेको उनले बताए। उनले भने, 'पर्यटनको आगमनमा फरक परेको छ। अवधारणामा समेत फरक परेको छ।'

ओलीले 'अफ सिजन'मा पनि पोखराका होटल भरिभराउ भएको बताए। पर्यटनमा विस्तारको लागि नयाँ होटल आवश्यक रहेको उनको भनाई छ।

काठमाडौंमा हुन लागेको विमिस्टेक बैठकले पनि पर्टनमा प्रभाव पार्ने बताए। प्रधानमन्त्री ओलीले डिसेम्वर १ र २ मा हुन लागेको कार्यक्रम विशेष हुने बताउँदै उनले त्यसमा पाँच सय जोडि सहभागि हुने बताए। उक्त कार्यक्रममा १०/१५ देशका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागि हुँदा पर्यटनमा ठूलो प्रभाव पर्ने ओलीको भनाई छ। त्यो समयमा देशका प्राथमिकता, आवश्यकता र हामीले लिएको बाटोबारे उनीहरुलाई बताउने उनले बताए।

प्रधानमन्त्री ओलीले नेतृत्व अनावश्यक विवादमा अल्झिन नहुने बताए। लोकतन्त्र विधिको साशन भएको बताउँदै उनले यो पार्दर्सी हुने बताए। लोकतन्त्र जनताको लागि जनताद्वारा जनताले छानिएको साशन हो भन्ने कुरा हामीले स्थापित गर्नु पर्नेमा उनले जोड दिए।

प्रकाशित: २ भाद्र २०७५ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App