coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यवाहक सभापति निधि भारत प्रस्थान

काठमाडौं - नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन। भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन निधि  दिल्ली प्रस्थान गरेका हुन। नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने वाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन्।वाजपेयीको विहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो। कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ। रासस

प्रकाशित: १ भाद्र २०७५ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App