१५ चैत्र २०८० बिहीबार
राजनीति

वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

काठमाडौं –भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्। 

परराष्ट्र मन्त्रालयले अाफ्नो ट्वीटर ह्यान्डलमा जनाएअनुसार  ज्ञवाली आज बिहान नयाँ दिल्ली प्रस्थान गरेका छन्। 

वाजपेयीकाे ९३ वर्षको उमेरमा बिहीबार साँझ नयाँ दिल्लीमा निधन भएको थियाे। उनकाे शुक्रवार अपरान्ह नयाँ दिल्लीको राजघाट नजिकै अन्त्येष्टि गर्ने कार्यक्रम छ।

नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएका बाजपेयीको पार्थिव शरिरलाई गएराती उनकै निवासमा राखिएको थियो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा अोलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शोक सन्देश पठाउँदै भारतीय जनता पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधनमा दु:ख व्यक्त गरेका छन्। सन्देशमा प्रधानमन्त्री अोलीले वाजपेयीको निस्वार्थ राष्ट्रसेवा सदा स्मरणिय रहने उल्लेख गरेका छन्।

प्रकाशित: १ भाद्र २०७५ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App