१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एसएसपी सरुवा : काठमाडौंमा लामा, ललितपुरमा धानुक आए

काठमाडौं– गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार गरिएको सरुवामा काठमाडौ प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको पनि परेका छन्। परिसरको कमाण्ड सम्हालेको ६ महिनामै उनलाई सरुवा गरिएको हो।

पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा भएको हो। एसएसपी पोखरेलले गत माघ २८ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। 

६ महिना परिसरका रहँदा नक्कली नोट कारोबारी, गुन्डा गर्दी नियन्त्रण गरेसँगै एसएसपी पोखरेलको चर्चा सुरु भएको थियो। एक वर्ष नभइ विनाकारण सरुवा गर्न नपाइने सामान्यतया नियम भएपनि गृह मन्त्रालयले पोखरेलको सरुवा गरेको हो।

एसएसपी लामा ३३ किलो सुन तस्करी सनम शाक्य हत्यका प्रकरणमा अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीका एक सदस्य हुन। पोखरेलको सरुवा हुँदा विवादित भक्तपुर इन्काउन्टरको नेतृत्व लिएका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहलाई भने यथावत राखिएको छ।

त्यसैगरी ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवा गरिएको छ। धानुक यसअघि काठमाडौको कमाण्ड सम्हाल्न नसकेर सरुवा गरिएका एसएसपी हुन। उनलाई तत्कालिन अञ्चल प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरिएको थियो।

४ डीअार्इजीकाे सरूवा

गृह मन्त्रालयले ४ डीआईजीको पनि सरुवा गरेको छ। महेश विक्रम शाह कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, सुरेशविक्रम शाह, प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, सुरज केसी प्रदेश ७ प्रहरी कार्यालय र धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा भएका छन्।  

प्रकाशित: ३० श्रावण २०७५ १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App