७ वैशाख २०८१ शुक्रबार
राजनीति

डेढ सय ठेकेदारलार्इ कारबाही

विराटनगर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी ठेकेदार कम्पनी कारबाही गरिएको बताएका छन्।

विराटनगरका सञ्चारकर्मी सँगको कुराकानीमा उनले भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण  कम्पनीहरुलाई निर्देशन दिइसकिएकोे बताएका थिए।

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य गर्ने दाबी गर्दै महासेठले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण  नसके जरिवानासहित ठेक्का पनि रद्ध गर्ने जानकारी गराए।

यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट पार्दै मन्त्री महासेठले स्थानीय क्षेत्रका निर्माणाधीन बाहेकका सडकलाई सुधार गरिने बताए।  कतिपय निर्माणका क्रममा सर्वोच्च अदालतको आदेशका कारण पनि केही ढिलाइ भएको उनको भनाइ थियो। रासस

 

प्रकाशित: २८ श्रावण २०७५ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App