९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले जनअपेक्षा पुरा गर्न सकेन : संयोजक भट्टराई

गोरखा- पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन्। गृहजिल्ला गोरखामा आज पत्रकार सम्मेलन गर्दै उनले भने ‘जनताको पक्षमा सरकारले केही गर्छकि भन्ने थोरै आश थियो, तर छ महिनासम्म केही गर्ने छाँटकाँट देखिएन।’

१४ वर्ष जेल बसेका प्रधानमन्त्री, सँगै जनयुद्धमा होमिएका आफ्ना तत्कालिन सहकर्मीहरु समेत सरकारमा सँगै रहेकाले जनताको पक्षमा केही गरेर देखाउँछन् भन्ने आशा भए पनि अहिले आश मरेको भन्दै उनले चिन्ता ब्यक्त गरे। पछिल्लो समय बढ्दो भष्टाचार, कमिसनखोर, कालोबजारी, सिण्डिकेट जस्ता कारणले सरकार सँगको अपेक्षा पुरा नभएको जनताले महशुस गरेको उनको भनाई थियो।

समाजवाद र साम्यवाद नारामा मात्रै सिमित राखेर सरकार आसेपासे पुँजिवादमा लागेको उनले बताए। सरकार सच्चिएर जाने छाँटकाँट नदेखिएको भन्दै उनले जनताले छिट्टै विकल्प खोज्ने दावी गरे।

मुखले मात्रै राष्ट्रवादको कुरा गर्ने र आर्थिक रुपमा देश सँगै घाटामा गईरहेकाले विदेशी सँग मागेर गुजारा चलाउनुपर्ने अवस्था रहेको भन्दै उनले भने ‘ब्यापार घाटा नहटाउँदा र रोजगारी नबढाउँदासम्म विकासले गती लिँदैन’ सरकारको नीति कार्यक्रम रोजगारी सिर्जना गर्ने खालको नरहेको आरोप उनको थियो। संघीयता खर्चिलो भएको, बिना योजना करको दायरा बढाएको, जनतालाई आर्थिक भार थपिएको बताउँदै उनले अहिलेको राज्य संरचना आवस्यक रहेको तर  देशको नेतृत्वको दिशावोध गर्न नसकेको आरोप लगाए।

 

प्रकाशित: २६ श्रावण २०७५ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App