७ वैशाख २०८१ शुक्रबार
राजनीति

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र


काठमाडौ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आवश्यक परामर्श गरी मातहतका कमिटीहरुलाई परिपत्र जारी गर्ने निर्णय गरेका हुन्।
सर्कुलरअनुसार तत्कालीन नेकपा(एमाले) र नेकपा माओवादी केन्द्रका विभिन्न प्रदेश, जिल्ला कमिटी जनवर्गीय संगठनहरू भदौ ५ भित्र एकिकृत हुनेछन्। परिपत्रमा एकीकरणका लागि गठित कार्यदलहरुले साउन २५ भित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको छ।
महासचिब विष्णु पौड्यालद्वारा जारी परिपत्रमा जिल्ला तथा प्रदेश कमिटिको पूर्ण बैठक भदौ १५ भित्र गरिसक्न भनिएको छ। 
एकिकरणपछि बन्ने विभिन्न जनवर्गीय संगठनका केन्द्रमा संयोजक तथा सहसंयोजक रहने व्यवस्था गरेको जनाइएको छ।
गत जेठ ३ गते पार्टी एकता गरिएपनि मातहतका संगठनिक संरचनाहरु एकीकरण हुन सकेको थिएन।
प्रदेश ३ मा एकीकरण प्रक्रियालाई प्रभावकारी बनाउन अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य रहेको कार्यदल गठन गरी विध्यार्थी,युवा,उद्यमी, मजदुर संगठनका कमिटी एकीकरण सम्पन्न गर्ने जनाइएको छ।     

 

 

 

प्रकाशित: १७ श्रावण २०७५ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App