१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रतिस्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला : प्रम ओली

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन्।

२१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा बिहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने ओलीको भनाइ थियो। “सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ।

उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्याय सहितको प्रवन्ध गरिन्छ।” समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै ओलीले समान अधिकार, अवसर, सुरक्षा र आत्म सम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने उनको भनाई थियो। “सामाजिक न्यायलाई स्थापित गर्दै नेपालीका सुखका चाहना पुरा गरिन्छ।” उनले भने।

केही केही राजनीतिक पार्टीहरू बिचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिजाउँदै हिडेको ओलीको भनाइ छ। उनले तुल्सीलाललाई वामआन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उहाँको महत्वपूर्ण योगदान रहेको बताए। 

 

प्रकाशित: १७ श्रावण २०७५ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App