८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपाद्वारा विभिन्न बिभागमा सदस्य मनोनित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न बिभागमा सदस्य मनोनयन गरेको छ। पार्टी अध्यक्ष कमल थापाले मंगलबार बिभागमा सदस्यको मनोनयन गरेका हुन्।

प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठको सिफारिस अनुसार मनोनित सदस्यहरूमा दिनेश साह (मोरङ), वि.एन. दाहाल (झापा), सुजित के.सी.(काठमाडौं), सूर्य बास्तोला (कास्की), इरसाद आलम (रुपन्देही), खगेन्द्र सापकोटा (ललितपुर), शशि भण्डारी (चितवन), लिला अनमोल (झापा), प्रदिप दाहाल (काठमाण्डौ), राधिका जोशी (कंचनपुर), दिप के.सी. (उदयपुर), प्रेम वि.सी. (सुर्खेत) लाई मनोनयन गरेका छन्। 

त्यस्तै आर्थिक बिभागका प्रमुख उद्धव पौडेलको सिफारिस अनुसार आर्थिक व्यवस्थापन समितिका सदस्यहरूमा चन्द्र बहादुर गुरुङ्ग (कैलाली), तिर्थराज चटौत (कंचनपुर), पुष्कर ढुङ्गेल (सिन्धुपाल्चोक), सुनिता कुरुम्बाङ्ग (पाँचथर), निना भेटवाल (काठमाडौ), विष्णु बजगाई (मकवानपुर), शैलजा पाण्डे (काठमाडौं) र सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरेका हुन्। 

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकका कागेश्वरी मनहरा नगरपालीकाका अध्यक्ष एवं राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (प्रजातान्त्रिक) का महासचिव मणि सिंखडालाई राप्रपाको सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराएका छन्। 

 

प्रकाशित: १५ श्रावण २०७५ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App