१६ चैत्र २०८० शुक्रबार
राजनीति

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह

काठमाडाैं- नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन उनीहरुले आग्रह गरे। 

प्रतिनिधिसभाको अाइतबारको बैठकमा विशेष समय लिएर सिन्धुपाल्चोककाका सांसद अग्निप्रसाद सापकोटाले कोदारी राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको र स्थानीयवासी सबैभन्दा बढी प्रभावित भएकामा गुनासो गरे। उनले कोदारी राजमार्गको मर्मतसम्भारमा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरे। 

यस्तै सांसद उमा रेग्मीले भीमदत्त नगरपालिका–३ मा किशोरीलाई बलात्कार गर्ने दोषीलाई कडा कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिन। उनले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद प्रेम सुवालले भूकम्पपीडितले घर तथा आवास निर्माणमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको ऋणको ब्याज पटक पटक बढाइएको भन्दै आपत्ति प्रकट गरे। उनले पीडितलाई थप पीडित बनाउने गरी बैंक तथा वित्तीय संस्थाले पटक पटक ब्याज बढाएको र ऋण तिर्न समेत ताकेता गरेकामा गुनासो गरे। 

उहाँले डडेल्धुरामा निर्माणाधीन पुल निर्माण व्यवसायीको लापरवाहीका कारण भत्किएको भन्ने जानकारी आएकाले दोषीलाई कारवाही गर्न र आवश्यक जानकारी सदनलाई गराउन यातायातमन्त्रीको ध्यानाकर्षण गराए। 

सांसद विमलप्रसाद श्रीवास्तवले नेशनल मेडिकल कलेजलाई मोटो रकम कर छुट दिइएको भनी आपत्ति प्रकट गर्दै सम्बन्धित निकायले तत्काल छानबीन गर्न माग गरे। 

प्रकाशित: १३ श्रावण २०७५ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App