coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा विधेयकमा सरकारले हालेको संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

डा गोविन्द केसीका माग सम्बोधन हुनेगरी आएको संशोधन प्रस्तावलाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकको बहुमत संख्याले स्वीकृत गरेको हो। बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संशोधन विधेयकबारे जानकारी गराएका थिए। 

संशोधन विधेयक पारित भएमा अब काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउनेगरी ऐन बन्नेछ।

चिकित्सा शिक्षा सुधारका लागि डा. केसी १५ औं पटक जुम्ला गएर अनशन बसेका थिए। अनशनको २७ औं दिनमा सरकारले गत विहीबार उनको माग सम्बोधन गर्न २२ बुँदे लिखित सहमति गरेको थियो। 

संशोधन प्रस्ताव स्वीकृत गरेको संसदको अर्काे बैठक साउन १६ गते १ बजे बस्नेछ। 

प्रकाशित: १३ श्रावण २०७५ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App