७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई तिहाइको सरकारलाई लोकतान्त्रिक चरित्र सिकायौ :कांग्रेस

काठमाडौ– नेपाली कांग्रेसले दुई तिहाई वहुमत प्राप्त सरकारलाई लोकतान्त्रिक चरित्र सिकाएको दाबी गरेको छ। डा. गोविन्द केसीको माग र उनको अनशनका सन्दर्भमा कांग्रेसले संसद्को अवरोध र सडकबाट दिएको दवावले बहुमतको हठमाथि विवेकको जित निश्चित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

समसामयीक विषयबारे प्रष्ट पार्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शर्माले संसद अवरोधकै कारण डा. केसीको ज्यान बचेको र सरकारले दुई तिहाईको आडमा हनन गर्न खोजेको जनअधिकार रक्षा हुन सकेको बताए। ‘हाम्रो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अनुरुप ओली सरकारले विधेयक ल्याउन चाहेन र त्यसैले गोविन्द केसी अनशन र हामी सडक र सदनको अवरोधमा जानु परेको हो,’ उनले भने, आफैले गरेका पूर्वसहमतिबाट ओली जी ब्याक गेयरमा जानु भो र समस्या आयो।’ डा. केसी र सरकारबीच भएका सहमति अक्षरसपालना हुनुपर्ने उनले माग गरे।

सभामुख र उपसभामुखको मुद्दा उठाउँछौ

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रदेश र संघीय संसदमा सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने विषयलाई सदन र संसदमा लिएर जाने बताएका छन्। सविधानको धारा ९१ को प्रावधान हाल कार्यान्वयन नभइरहेको भन्दै उनले त्यो कार्यन्वयन गराउन कांग्रेस अग्रसर हुने जानकारी गराए। ‘सविधानको कुनै पनि प्रावधान उल्लंघन हुनु हुँदैन तर विभिन्न प्रदेश र संघीय संसद्हरुमा एकैदलका सभामुख र उपसभामुख रहदै आउनु भएको छ,’ शर्माले भने,‘यो सुधार गर्न हामी लाग्नेछौं। तर यसको मतलव कुनै एक पद कांग्रेसलाई चाहिएको भन्ने होइन।  

प्रकाशित: ११ श्रावण २०७५ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App