coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कानुन मन्त्री तामाङद्वारा राजीनामा घोषणा

काठमाडौं– कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन्। 

‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली महिलामाथि हिंसा भएको सुन्दा आफू स्तब्ध भएको र यो कुरा बोलेकै हुँ भन्दै पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने मान्छे भएकाले प्रधानमन्त्री समक्ष राजीनामा घोषणा गरेको छु’, उनले भने। उनले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए।

आफू गरिब परिवारबाट आएको भन्दै तामाङले जीवन रहेसम्म जनतामा समर्पित हुने बताए। ‘कतिपय तत्वहरु मेरो विरुद्ध लागेका थिए। मेरा कमीकमजोरी पनि होलान। यही कमजोरीलाई मुल विषय, एजेण्डा बनाएर प्रचार गरिएको छ। म अत्यन्त दुखित छु’, उनले भने।

मन्त्री तामाङले आफ्नो छाटो कार्यकालमा काुनन निर्माणको कामलाई तीव्रता दिएको जानकारी गराए। ‘१५ वटा कानुन मन्त्रालयबाट अघि बढिसकेको छ। मौलिक हक कार्यान्वयनका कानुनहरु मन्त्रिपरिषदमा लैजाने र त्यहाँबाट संसदमा पेश गर्ने तयारी छ। असोज २ गते मध्यरातिसम्म कानुन पारित भइसक्नेछन्’, उनले भने।

प्रकाशित: ८ श्रावण २०७५ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App