१६ चैत्र २०८० शुक्रबार
राजनीति

डा. केसीको समर्थनमा विपक्षीको विरोधले संसद स्थगित

धनगढी– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधले प्रदेश नम्बर ७ को प्रदेशसभाको बैठक स्थगित भएको छ। 

चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीप्रति सरकार अनुदार बनेको लगायतका बिषयमा गत शुक्रबारदेखि कांग्रेसको विरोध कायमै रहेका कारण सोमबारको प्रदेशसभाको निर्धारित बैठक स्थगित गरिएको हो। सोमबार ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएकोमा बिहान १० बजे सूचना टाँसेर स्थगित गरिएको थियो। 

कार्यव्यवस्था तथा परामर्श समितिमा रहेका प्रतिपक्षी दलका नेता रणबहादुर रावल र अर्का कांग्रेस संसद भरतबहादुर खड्का उपलब्ध नहुँदा परामर्श समिति बसेर संसदमा भएको अवरोधका बारेमा छलफल हुन नसकेकाले बैठक स्थगित गरिएको सभामुख अर्जुन थापाले बताए। 

 

प्रकाशित: ७ श्रावण २०७५ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App