१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्रीले भने : कांग्रेस देखेर दया लाग्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई लोकतन्त्रको पाठ नपढाउन अनुरोध गरेका छन्। ४० औं पुष्पलाल स्मृति दिवसमा बोल्दै ओलीले प्रतिपक्ष अली छोटो हडबडाएको बताए। आफुहरुले हिंसात्मक दमनको समेत शान्तिपूर्ण प्रतिवाद गरेको बताउँदै उनले आफु सरकारमा नहुनु नै कांग्रेसको लागि अधिनायकवाद भएको बताए।

संसदमा पेश नगरी विधेयक पास गर्न पर्छ, राष्ट्रियताको सवालमा छलफल गर्न पाइन्न भन्ने कांग्रेसले हामीलाई लोकतन्त्रको पाठ पढाउने भन्दै उनले प्रश्न गरे।  
'कांग्रेस देखेर मायाँ पनि लाग्छ', उनले भने, 'विषय छैन, एजेन्डा छैन, दृष्टिकोण छैन कांग्रेस यस्तो स्थितिमा पुगेकछ।

मानव जीवनलाई सुखी बनाउन समृद्धि मात्र प्रयाप्त नभएको उनले बताए। समाजीक न्यायका कुरा पनि त्यहाँ जोडिने उनको भनाई छ। पुष्पलालले सामाजिक न्याय सहितको समृद्धिको कुरा गरेको उनले बताए।

'२०४६ साल को आन्दोलन पछि दुई पटक कांग्रेसले बहुमत ल्यायो, धेरै पटक सरकारको नेतृत्व गर्‍यो तर गर्‍यो ?' भन्दै उनले प्रश्न गरे। कांग्रेसले राजनीतिशास्त्र, अर्थशास्त्र, लोकतन्त्र आफुलाई मात्र थाहा भएजस्तो गरेको उनले आरोप लगाए।  'राष्ट्रवाद भन्यो भने उखान टुक्का भन्नु हुन्छ। सामाजिक न्यायको कुरा गर्यो गाउँखाने कथा भन्नु हुन्छ,' उनले भने, 'यदी उहाँहरु चाहनुहुन्छ भने बहसको लागि आउन सक्नु हुन्छ, छलफल गरौंला।'

कांग्रेसले कम्युनिष्टविरुद्ध संसद भित्र र बाहिर, मेची देखि महाकाली सम्म प्रहार गरे पनि आफुहरुले त्यसो नगर्ने बताए। सरकार साना कुरामा नअल्झने उनले बताए।  

डा. गोविन्द केसीको अनशन केका लागि हो प्रष्ट नभएको उनले भनाई छ। 'वार्ता समिति बनाएको छ वार्ता गर्दिन भन्नुहुन्छ', उनले भने, 'अनशन बस्ने डा. केसी अनशन कायम राख्ने अरु।' विरामी हुने डा. केसी तर विरामी कायम राख्ने अरु भएको उनले बताए।  डाक्टरले विरामीको उपचार गर्दिन भन्न नपाइने उनले बताए। उनले यो नैतिकता विपरित भएको बताए।

प्रकाशित: ७ श्रावण २०७५ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App