७ वैशाख २०८१ शुक्रबार
राजनीति

समस्या समाधान गर्न संविधान संशोधन आवश्यकः उपप्रधानमन्त्री यादब

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताएका छन्।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादबले काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधनमा सहमति भएको बताए।

संविधान संशोधनको चर्चा फेरि एक पटक उठेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले पनि सो विषयलाई पुनः स्मरण गराएका हुन्। ‘जबसम्म शोषण उत्पीडन हुन्छ तबसम्म राजनीतिक आन्दोलन भइरहन्छ। संघर्षहरू भैरहन्छन्’, उनले भने, ‘जबसम्म राज्यमा एकल वर्चश्व रहन्छ राजनीतिक समस्या हल भएको मानिदैन।’ मन्त्री यादबले थपे, ‘यी यावत समस्या समाधान गर्न संविधान संशोधनको सहमति भएको छ। अब संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ।’

विविध आन्दोलने प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै मन्त्री यादबले बाँकी अधिकारको निम्ती आन्दोलन र संघर्षबाट प्राप्त गर्नुपर्ने बताए। ‘राजनीतिक अधिकारको संघर्षसँगै आर्थिक उन्नती पनि अपरिहार्य छ’, उनले भने, ‘राज्य उदार दिलले पनि समावेशी हुन सकेको छैन्।’

अझै पनि संघीय र समावेशितामा विभेद कायम रहेको उनले बताए। ‘जबसम्म विभेद कायम रहन्छ तबसम्म राजनीतिक समस्या हल भएको मानिदैन’, यादबले भने, ‘भाषा, लिङ्ग, जनताका आधारमा गरिने विभेद कायम राखेर समाजवाद आउँदैन्।’

लोकतन्त्रलाई पूर्ण समावेशी बनाउने कार्यमा संघीय समाजवादी फोरमले मात्रै सहयोग गर्न सक्ने मन्त्री यादबको भनाई छ।

 

प्रकाशित: ५ श्रावण २०७५ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App