८ वैशाख २०८१ शनिबार
राजनीति

केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु दुखद : कांग्रेस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै दुःख व्यक्त गरेको छ। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबिएस कक्षा सञ्चालन हुनुपर्ने, कर्णालीलगायत पछाडि परेका क्षेत्रमा निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध हुनुपर्ने डा. केसीको माग नाजायज पक्कै होइनन्’, जिल्ला सभापति दीपबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘केसीले अघि सारेका माग र माग पूरा गराउन अनशन स्थल जुम्ला छान्नु कर्णालीवासीका लागि सौभाग्य हो।’

वार्ताका माध्यमबाट समस्या समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै डा. केसीमाथि विभिन्न लाञ्छना लगाउँदै व्यवस्थापिका संसद्मै धारणा सार्वजनिक हुनु घृणित कार्य भएको ठहर कांग्रेस जुम्लाको छ।

सरकारी पक्षको दमनकारी कदमबाट कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा भएको भौतिक क्षतिबारे छानबिन गरी सो को जिम्मा सरकारले लिनुपर्ने माग विज्ञप्तिमा गरिएको छ। कांग्रेसले हस्पतालमा भएको हस्तक्षेपविरुद्ध सदरमुकाममा प्रदर्शन पनि गरेको छ।

प्रकाशित: ५ श्रावण २०७५ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App