१५ चैत्र २०८० बिहीबार
राजनीति

बर्तमान सरकासँग लड्ने तागत कांग्रेससँग छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल । फाइल तस्विर

रामेछाप - नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेससँग चाहेको खण्डमा बाम गठबन्धनको वर्तमान सरकारसँग लडन सक्ने तागत  रहेको बताएका छन । हिजोका दिनमा राणा शासन, पंचायत शासन र राजाको शासनलाई समेत शक्तिहिन बनाएको कांग्रेसले बर्तमान सरकारलाई समेत सोही अवस्थामा पुर्याउन सक्ने ताकत कांग्रेसमा रहेको दावी पौडेलले गरेका छन। 

शुक्रबार दोलखा जिल्लाको एक कार्यक्रममा सहभागि हुन जाने क्रममा रामेछाप पुगेका नेता पौडेलले जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा सरकारले राम्रो काम गरे कांग्रेसको सहयोग र समर्थन रहने तर गलत काम गरे कांग्रेसले विरोध गर्दै हुन नदिने बताए। वर्तमान सरकार निरंकुश बन्दै गएको बताउँदै नेता पौडेलले नयाँ शोषक बर्ग जन्माउन यो सरकार उन्मुख रहेको आरोप लगाए।

पौडेलले यतिबेला कांग्रेस पार्टीभित्र संकट र चूनौति देखा परेको उल्लेख गरे । दुइ बाम घटक एक भएका कारणले मात्र कांग्रेस पराजय भएको नभइ आन्तरिक कमजोरीका कारणनै पार्टी धेरै ठाउमा पराजित हुन परेको पौडेलको भनाइ छ । वीपी अनि कांग्रेसको सिद्धान्तले जित्ने तर पार्टीले चाही हार्ने किन ? यो गम्भिर प्रश्न भएकाले यसमा विश्लेषण हुन जरुरी रहेको उनले बताए। 

पार्टीमा गुट हुन्छ तर त्यसलाई समयमा नै उचित व्यवस्थापन गर्न सक्नु पर्नेमा नेता पौडेलले जोड दिए । गुट उपगुटको व्यवस्थापन गर्न नसक्दा अन्तर्घातसम्म हुन सक्ने र त्यसले सिंगो पार्टीलाई नै हानी पुग्ने उनको दावी छ । जसको परिणाम गएको निर्वाचनमा भोग्नु परेको पनि उनले स्वीकार गरे । उनले जनता माझ भिजेको व्यक्तिलाई टिकट पु¥याउन नसकि चाकडिमा घुम्नेहरुलाई टिकट दिदा केही ठाउमा नतिजा राम्रो आउन नसकेको र पार्टी नै पछि धकेलिनु परेको बताए। 

प्रकाशित: ४ श्रावण २०७५ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App