७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ?’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशनमाथि प्रश्न उठाएका छन्। विहीबार पोखरा विश्वविद्यालयको १९औं सिनेटलाई सम्बोधन गर्दै ओलीले डा. केसी आफ्नो खुसीले अनशनमा बसिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ? भनी प्रश्न उठाए। ‘अहिलेको आन्दोलनको स्थिति के कारणता उत्पन्न भयो? आन्दोलन नै शोख हो भने कसको के लाग्छ’, ओलीले भने।  

सरकारले जाँचका लागि पठाएको डाक्टरहरुलाई डा केसीले छेउ पर्न नदिएको स्मरण गर्दै ओलीले राजनीतिका लागि उनको जीवनसँग खेलवाड गर्न नहुने बताए। 

ओलीले कांग्रेसतर्फ संकेत गर्दै भने– ‘गोविन्द केसीको अनशनमा आफ्नो रोटी सेक्न खोज्नु उपयुक्त होइन्।’

आफूहरु देश र सम्पूर्ण जनताको प्रधानमन्त्री भएको बताउँदै थपे– ‘मन नपरेको पार्टीले जित्यो होला, मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला, तर म नेकपाको अध्यक्ष मात्र होइन, सबैको प्रधानमन्त्री हुँ, देशको प्रधानमन्त्री हुँ।’

प्रकाशित: ३ श्रावण २०७५ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App