१५ आश्विन २०७७ बिहीबार
राजनीति

सभापति देउवाद्वारा शोक व्यक्त

फाइल फाेटाे

काठमाडौँ -  नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते भएकामा गहिरो दुःख व्यक्त गएका छन्।

सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी सवारी दुर्घटना तथा पहिरोमा परी मृत्यु  भएकाहररूप्रति दुःख व्यक्त गर्दै उनीहरूको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

बाग्लुङको गल्कोट नपा–११ रिघा भाुलपाइलेस्थित रइले खोलानजिक जीप दुर्घटना हुँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसहित १४ जना घाइते भएका थिए । गए राति परेको अविरल वर्षाका कारण पर्वतको जलजला गापा–८ लिस्तीमा पहिरोमा पुरी एक जनाको मृत्यु भएको थियो ।साथै, सभापति देउवाले उक्त घटनाहरुमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

 

प्रकाशित: ३ श्रावण २०७५ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App